Logo

आजको मौसमः यी स्थानमा छ भारी बर्षाको सम्भावना



काठमाडौं, साउन १७ । शनिबार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज रातीसम्म प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाजारी रहने समेत सम्भावना रहेको छ।

मनसुनी न्यून चापीय रेखा सक्रिय भएका कारण अहिले देशभरको मौसममा सामान्य बदलीरहदै केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ।

सक्रिय मनसुनका कारण मुख्य तथा सहायक नदीमा बहाव उच्च रहने भएकाले सर्तकता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot