Logo

खेलकुदको नाममा करोडौ‌ रकम स्वाहा



नेपालगञ्ज, साउन १७ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको नाममा करोडौको रकम अनियमितता भएको छ । गत वर्ष ५ नम्बर प्रदेशमा सम्पन्न भएको राष्ट्रिय खेलकुद आयोजनाका क्रममा आयोजक पदाधिकारीले करोडौं रकम हिनामिना गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको ५७औं प्रतिवेदनमा राष्ट्रिय खेलकुद परिषद (राखेप) पदाधिकारी र कर्मचारीले पुूर्वाधार निर्माण, सामाग्री खरिद, पूर्वाधार निर्माणको क्रममा मापदण्ड पुरा नगरी अपरादर्शी ढंगले रकम खर्च गरेको देखाएको छ ।

नेपाल सरकारले आठौ राष्ट्रिय खेलकुद आयोजनाका लागि ३८ करोड ८४ लाख ५९ हजार बजेट स्वीकृत गरेको थियो । तर परिषदले ४२ करोड १८ लाख ८३ हजार खर्च गरेको थियो । परिषदले कार्यक्रम संशोधन नगरी ३ करोड ३४ लाख २४ हजार रकम बढी खर्च गरेर बाँकी रहेको २ करोड ९२ लाख १४ हजार रकम संचित कोषमा दाखिला समेत गरेको छैन ।

खेलकद आयोजनाका क्रममा पर्याप्त तयारी नपुगेको भन्दै आलोचना भैरहेका बेला परिषदले प्रतियोगितालाई रोकेको थिएन । प्रतियोगिता आयोजनाको क्रममा परिषदका केन्द्रियदेखि जिल्ला स्तरका पदाधिकारी र कर्मचारीले राज्यको रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

गत वर्ष नेपालगन्ज रंगशालामा उद्घाटन र समापन भएको आठौं राष्ट्रिय खेलकुद हतारमा गरिएको थियो । तराईमा वैशाख महिना भेगमा चर्को गर्मी हुने भएपनि त्यसको वास्ता नगरी परिषद नेतृत्वले खेलकुद आयोजना गरेको थियो ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot