Logo

हरिबोल गजुरेलको टिप्पणी : स्थायी कमिटीको बैठक लम्ब्याएकोमा जनताले मन पराएका छैनन् (भिडिओसहित)



काठमाडौं, १७ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले स्थायी कमिटीको बैठक लम्बिनु सुखद् नभएको र जनतालाई पनि मन नपरेको स्पष्ट पारेका छन् । कोरोनाविरुद्ध पार्टी एकताबद्ध भएर जानुपर्नेमा बहसमा अल्झिनु गलत भएको उनको टिप्पणी छ । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले बैठक छोटो हुनुपर्नेमा त्यसो नभएकोमा आफूहरु अत्यन्तै चिन्तित भएको बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot