Logo

हरिबोल गजुरेलले दाहाललाई अध्यक्षबाट राजीनामा दिन सुझाएका थिए..



काठमाडौं, १७ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक कहिले बस्ने भन्नेबारे टुँगो छैन् । गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले सुरुमै प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठक प्रभावित हुँदै आएको छ ।

ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडानमात्रै लिएका छैनन्, सकेको गर्न दाहाल नेपाल समूहलाई चूनौति दिएका छन् । अध्यक्ष दाहाललाई पूर्व माओवादी केन्द्र समूहका नेताहरुले ओलीसँग मिलेर नै अघि बढ्न सुझाएका छन् । दाहाल निवास खुमलटारमा पुगेरै उनीहरुले पार्टी एकता गर्दा ओलीसँग सहमति गरेकोले दुई अध्यक्ष मिलेर नै जानुपर्ने सुझाव दिएका थिए ।

‘उपाध्यक्ष गौतमको प्रस्ताव समाधानको आधार’

दाहाललाई विगत लामो समयदेखि नै साथ दिँदै आएका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले त पछिल्लो समय पार्टीभित्रको संकट समाधानको लागि एक सूत्रीय उपायसमेत दिएको र दाहालले गजुरेलको उपाय लागु गर्ने वचनबद्धता गरेका थिए । गजुरेलले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा आफूले दाहाललाई अहिलेको संकट समाधानको लागि उपाय दिएको र दाहालले पनि आफ्नो उपाय फलो गर्ने बताएका थिए । साउन १३ गते स्थायी कमिटीको बैठक बस्नुअघि पनि दाहालले गजुरेलले दिएको उपाय लागु गर्ने बताएका थिए । गजुरेलले दाहाललाई पार्टी अध्यक्षबाट राजीनामा दिन सुझाएका थिए ।

FILE PHOTO/REPORTERSNEPAL.COM



प्रतिक्रिया दिनुहोस्

Screenshot