Logo

नेपालको नयाँ नक्शा युएनमा पठाउन लागेकोमा भारतीय मिडियाको चासो



काठमाडौं, १८ साउन । नेपालले नयाँ नक्शा अन्तर्राष्ट्रिय समुदाय कहाँ पठाउन लागेकोमा भारतीय मिडियाले चासो व्यक्त गरेका छन् । भारतले विरोध गर्दा गर्दै नयाँ नक्शा जारी भएको भन्दै संयुक्तराष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय समुदायसम्म पठाउन लागेको भन्दै खबरहरु छापिएको छ ।

टाइम्स अफ इन्डियाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले युएनसम्म नयाँ नक्शा पठाउन लागेको खबर छापेको छ । तर, नक्शा युएनमा पुर्याएपनि नेपाललाई कुनै उपलब्धि हासिल नहुने दाबी गरेको छ । युएनले सीमा विवादसम्बन्धी यस्ता विषयहरुबाट आफूलाई टाढै राख्ने गरेको टाइम्स अफ इन्डियाको दाबी छ ।

अंग्रेजीमा नयाँ नक्शा ४ हजार प्रति छापिएको र अन्तर्राष्ट्रिय समुदाय कहाँ पठाउन लागिएको खबर छ । २५ हजार प्रति नेपाली भाषामा छापिइसकेको र त्यो सरकारी निकायहरुमा पठाइएको छ । प्रति नक्शा रुपैयाँ ५० मा खरिद गर्न सकिने नापी विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्