Logo

तीन दिनपछि ओली-प्रचण्ड संवादमा



काठमाडौं, १८ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच तीन दिनको अन्तरालपछि छलफल पुनः सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच छलफल सुरु भएको हो ।

एकपक्षीय रुपमा प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेपछि गत साता प्रचण्डको अध्यक्षतामा स्थायी समिती बैठक बसेको थियो । सो अवधिभर अध्यक्षद्वयबीच भेटवार्ता भएको थिएन । पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दुई नेताबीच आज आइतबार पुनः छलफल सुरु भएको छ । उक्त छलफलमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot