Logo

क्वाँटी खानुको फाइदा



काठमाडौं । हरेक चाडपर्वका आफ्नै विशेष महत्व छन् । चाडपर्व अनुसार खानेकुरा फरक हुन्छन् । परम्परा देखि चलिआएको चाडवाडमा विशेष तरीकाले मनाउने गरिन्छ । हिन्दु धर्म अनुसार साउनमा पर्ने चाड हो, जनै पुर्णिमा । जनै पुर्णिमामा ज्वाई चेलालाई बोलाएर मिठो मसिनो खान दिने चलन छ । बिहान उठेर स्नान गरी मन्दिर जाने, पुजा अर्चना गर्ने, पुरोहितले मन्तरेको जनै लगाई हातमा डोरो बाध्ने चलन छ ।

जनै पुर्णिमा सम्बन्धि केही सामाजिक, सास्कृतिक र केही वैज्ञानिक रहस्यको साथै महत्व पनि । जनै पुर्णिमामा खाने विशेष गरी झोलिलो खानेकुरा हो गेडागुडी । यसमा चना, केराउ, मटर, राजमा, बोडी, भटमास, मुगी, दाल, सिमी लगायतका ९ थरिका गेडागुडीको मिश्रणलाई भिजाएर कम्तीमा पनि १२ घन्टा राखेपछि टुसा अंकुराउन थालपछि पकाएर खान योग्य मानिन्छ । लामो समय भिजाएर टुसा आएपछि पकाएको परिकारलाई क्वाँटी भनिन्छ । टुसा पलाएका गेडागुडी मानव स्वास्थ्यको लाागि निकै हितकर हुन्छ । क्वाँटीमा भरपुर मात्रामा प्रोटिन पाउनुको साथै भिटामिन र मिनरल्सको पनि श्रोत हो ।

क्वाँटी–हाम्रो शरीर स्वस्थ्य राख्नको लागि विभिन्न पोषक तत्वलाई सन्तुलनमा राख्न जरुरी छ । पोषक तत्व खानेकुराको माध्यमबाट नै प्राप्त हुन्छ । त्यसकारण हाम्रो शरीरमा स्वस्थ आहारको आवश्यकता पर्छ । सन्तुलित तथा पौष्टिक आहार मध्ये गेडागुडी पनि प्रमुख हो ।

गेडागुडी हाम्रो शरीरलाई एक दिनमात्र नभई दिनहुँ आवश्यकता पर्छ । तर मानिसहरु वर्ष दिनमा एक पटक आउने चाड जनै पुर्णिमामा मात्र खाने गर्छन् । गेडागुडीमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ । शरीरलाई शारीरीक श्रम गर्दा आवश्यक पर्ने अतिरिक्त उर्जा गेडागुडीले दिनुका साथै प्रोटिनले मांसपेशीलाई स्वस्थ्य राख्ने काम पनि गर्छ ।

नेपाल कृषि प्रधान सम्बन्धि देश हो । अझै पनि धेरै मानिसहरुको पेशा कृषि हो । असार महिना वर्षातको समयमा खेतमा धान रोप्दा पसेको चिसो भगाउन क्वाँटी खाने चलन छ । वर्खाभरी काम गरेर अब त बाचियो भनेर खुशी भई मनाउने चाड जनै पुर्णिमा हो भने जनै पुर्णिमा वा श्रावण शुक्ल पुर्णिमामा खाने परिकार क्वाँटी हो । क्वाँटी जनै पुर्णिमाको विशेषता नै हो ।

क्वाँटीका फाइदा

  • क्वाँटी आफैमा शक्तिवर्दक एवं पौष्टिक तत्वले भरिपुर्ण एक परिकार हो यसका फाइदाहरु धेरै छन् । यसमा ‘भिटामिन बि’ मा पाइने सबै तत्व पाइन्छन् ।
  • क्वाँटीले कब्जियतको समस्यालाई कम गर्छ ।
  • रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउछ ।
  • रक्तसञ्चार र स्नायु प्रणालीमा फाइदा पुग्छ ।
  • मधुमेह तथा पाइल्सका समस्यालाइृ कम गर्ने ।
  • मानिस बुढोे हुने गतिमा कम गरी मानिसलाई सुन्दर बनाउछ ।
  • यसले पेटमा अनावश्यक वायु बनाउँदैन ।
  • रोगी, बृद्धमा हुने कुपोषण हुनबाट कम गर्छ ।
  • यसको नियमित सेवनले स्मरण शक्ति बृद्धि हुन्छ ।
  • क्वाँटीले मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
  • गेडागुडीमा हुने सबै पौष्टिक तत्व शरीरले लिन सक्ने भएकोले सुन्दरतामा पनि निखार ल्याउछ ।
  • कसैलाई युरिक एसिडको समस्या छ भने गेडागुडी कम खानुपर्छ । अत्यधिक र अनियन्त्रित रुपमा भने क्वाँटीको सेवन गर्नुहुँदैन, त्यसले मिर्गौलालाई हानी गर्छ ।


प्रतिक्रिया दिनुहोस्