Logo

अभिताभ बच्चन कोरोना जित्न सफल, अस्पतालबाट डिस्चार्ज



काठमाडौँ, १९ साउन । भारतीय सिनेमा हस्ती अभिताभ बच्चनले कोरोना परास्त गर्न सफल हुनुभएको छ । उहाँ निको भएर आजै अस्पतालबाट डिस्चार्ज हुनुभएको उहाँका छोरा अभिषेक बच्चनले ट्विटरमार्फत जानकारी गराउनुभएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

उहाँका पिता २३ दिनको अस्पताल बसाइपछि आजै डिस्चार्ज हुनुभएको र अभिषेकलाई भने अझै पोजिटिभ देखिएकाले अस्पतालमै रहेको समाचारमा जनाइएको छ । उहाँमा कोरोना सङ्क्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँका स्वास्थ्यलाभको कामना गर्नुभएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्