Logo

दुई ट्राफिक प्रहरीमा सङ्क्रमण देखिएपछि बग्गीखानामा आउजाउ गर्न रोक



काठमाडौँ, १९ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका दुई जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले त्यहाँ सर्वसाधारणलाई आउजाउ गर्न रोक लगाइएको छ ।

महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमले भन्नुभयो, ुसिल भन्ने कि के भन्ने भन्दा पनि सङ्क्रमण नसरोस् भनेर सर्वसाधारणलाई आउजाउमा बन्देज लगाइएको छ । अहिले रामशाहपथस्थित ब्यारेकमा अढाई सय जति ट्राफिक प्रहरी रहेका छन् । साथै त्यहाँ रहेका प्रहरीलाई पनि बाहिर जान नदिइएको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्