Logo

कोरोनाबाट सुुरक्षित हुँदै रक्षाबन्धन



काठमाडौँ, १९ साउन । साउन शुक्ल पूर्णिमाका दिन आज चुडाकर्म गरेका आम तागाधारीले नूतन यज्ञोपवित अर्थात् जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै छन् । कोरोना भाइरसका कारण सुरक्षित भएर मात्र यज्ञोपवित धारण गर्नुुपर्ने चुनौती देखिएको छ । जनै फेर्नका लागि अघिल्लो दिन नै केश मुन्डन गरेर एकछाक भोजन गर्ने चलन छ । गोबर र तुलसी रोपिएको माटो लगाई नदी वा तलाउ कुण्डमा स्नान गरेर जनै फेर्ने र रक्षाबन्धन लगाउने प्रचलन छ ।

चुडाकर्म गरेका वा नगरेका सबैले यो दिन पुरोहितद्वारा नाडीमा डोरो बाँध्ने प्रचलन छ । हिन्दुशास्त्र अनुसार जनैलाई ब्रह्मासूूत्र वा ज्ञानको धागोका रूपमा श्रद्धा गरिएको छ । जनैको छ शिखामध्ये तीनलाई ब्रह्मा, विष्णु, महेश्वर र अर्को तीनवटालाई ज्ञान, कर्म, योगका रूपमा मानिएको छ । राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरेर जोगाएको पाइन्छ ।

त्यसैगरी वामन अवतार विष्णुले राजा वलीलाई मन्त्र साँधिएको डोरी बाँधेर वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किंवदन्ती योसँग पनि जोडिएको छ । यो दिन जल, कुश तिलद्वारा सप्तऋषि काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । त्यसैले यो दिन ऋषितर्पणी नामले पनि चिनिन्छ । यो दिन पशुपतिनाथ गोसाइँकुण्ड स्नान गर्न जानुहुने भएकाले पशुपतिनाथलाई आइतबार नै जनै फेराइएको छ । कतिपय यजमानले कोरोना सङ्क्रमणबाट बच्न आफ्ना पुरोहितलाई सेनिटाइजर, मास्क र पञ्जा लगाएर मात्र डोरो बाँध्न आइदिन अनुरोध गरेको पशुपतिनाथका कोतवाल पूर्णनारायण जोशी बत९ाउनुहुन्छ ।

बाग्मती अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा। अञ्जु कार्कीले स्नानका लागि नदी, तलाउ, कुण्ड, घाट, त्रिवेणीमा स्नान गर्दा कोरोना सङ्क्रमण सर्न सक्ने भएकाले यस्ता जमघटबाट बच्९नुपर्ने सुुझाव दिनुुभयो । यज्ञोपवित्रसँगै दिदीबहिनीले दाजुुभाइलाई राखी बाँध्ने चलन पनि देशको मधेस संस्कृतिमा रहेको छ ।

क्वाँटी खाने प्रचलन

जनै पूर्णिमाको दिन घरघरमा क्वाँटी खाने प्रचलन छ । नेवार समुुदायमा रहेको यो प्रचलन अहिले सबैतिर लोकप्रिय बनेको छ । खेती किसानी गर्नेलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महìव रहने संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी दिनुभयो । हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छाँैँ, जोशीले थप्नुभयो, खेतीपातीले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिन्छ । गेडागुडी अर्थात् प्रोटिन हुने भएका कारण यो मौसममा क्वाँटी खाने चलन गरिएको उहाँको भनाइ छ ।

मास, भटमास, मस्याम, हरियो, सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना, सिमी, बोडी, बकुल्ला, मुङलगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो । क्वाँटी विशेष गरेर नेवारी परिकार हो । क्वाँटीबाट पूर्ण प्रोटिन पाइने पोषणविद् डा। अरुणा उप्रेती बताउनुुहुन्छ । फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिबद्र्धक पौष्टिक आहारका रूपमा लिइन्छ ।

आयुर्वेदविज्ञ डा। हेमकुमारी अधिकारी कोरोना सङ्क्रमणको महामारी बढ्दो क्रममा रहेकाले सबैलाई रोग प्रतिरोधात्मक खाने कुरा चाहिने र त्यसको काम क्वाँटीले पूूरा गर्ने समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot