Logo

पहिरोले मेलम्ची बजारका आठ जना बेपत्ता



सिन्धुपाल्चोक, साउन १९ । आज बिहान गएको पहिरोले मेलम्ची बजारका आठ जना बेपत्ता भएका छन् । अबिरल बर्षाका कारण मेलम्ची नगरपालिका ११ स्थित मेलम्ची बजारमा सोमबार बिहान २ः०० बजे पहिरो गएको प्रहरीले जनाएको छ ।

पहिरोको कारण मेलम्ची बजारमा निमार्ण हुदै गरेको कर्भडहलमा काम गर्ने मजदुर बेपत्ता भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । बेपत्ताहरुको उद्धारकार्य जारी रहेको छ । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरुले बेपत्ताको खोजी कार्य गरिरहेका छन् ।

त्यस्तै बाह्बिसे नगरपालिका २ कर्थलीमा पनि भीषण पहिरो गएको छ । घट्टेखोलाको छयाप्लुङभीरमा पहिरो आउदाँ ५ घर पूर्णरुपमा क्षति भएको छ भने २० घर उच्च जोखिममा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot