Logo

कोरोना नियन्त्रणमा स्थानीय तहको सक्रियता घट्दै



काठमाडौं, साउन १९ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा देखिए पनि स्थानीय तहको सक्रियता भने घट्दो छ । बन्दाबन्दीको प्रारम्भिक चरणमा उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन प्रभावकारी भूमिका खेलेका उपत्यकाका स्थानीय तह बन्दाबन्दी खुला भएपछि भने निष्क्रियजस्तै बनेका छन् ।

स्थानीय तहको सक्रियताकै कारण प्रारम्भिक चरणदेखि जेठ मसान्तसम्म उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण प्रायः जोखिमरहित थियो । सरकारले बन्दाबन्दी खुला गरेसँगै स्थानीय तहको सक्रियता कम भएपछि उपत्यकामा कोरोना सङ्क्रमणको उच्च खतरा बढ्दै गएको छ ।

प्रारम्भिक चरणमा उपत्यकाका १८ वटै नगरपालिकाले निश्चित सङ्ख्यामा सामुदायिक भवन, विद्यालय र होटलमा क्वारेन्टाइन निर्माण गरे पनि अहिले कतिपय स्थानीय तहमा ती क्वारेन्टाइन बन्द गरिएको छ । सेनिटाइजर, पन्जा, मास्क वितरण, आवश्यकताअनुसार हेल्थ डेस्क राख्ने, टोलटोलमा घुम्ती अनुगमन गर्ने, माइकिङ जस्ता काम गरिएको थियो ।

अहिले उपत्यकाबाहिर र विदेशबाट आएका नागरिक होम क्वारेन्टाइनमा बसे पनि बसाइ व्यवस्थित हुन नसकेपछि समुदायमा कोरोना सङ्क्रमण फैलन सक्ने खतरा बढ्दै गएको उपत्यका नगरपालिका फोरमले जनाएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले अब कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा स्थानीय तह थकित हुँदै गएको बताए ।

उनले भने, “जता हे¥यो त्यतै समस्या छ, कहाँ मात्र ध्यान पु¥याउने? स्थानीय तहसँग भएको साधन र स्रोत हालसम्म कोरोना नियन्त्रणमै खर्च भएकाले अब स्रोत अभाव भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot