Logo

राजस्व असुलीमा कमी



झापा, साउन १९ । कोभिड–१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६÷०७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट चार करोड तीन लाख १५ हजार ६ सय रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका लेखापाल टेकप्रसाद नेपालले सबैभन्दा बढी राहदानी बिक्रीबाट तीन करोड ९० लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिए । हातहतियार इजाजतबापत ३१ हजार, राष्ट्रिय परिचयपत्र कम्पुटर अपरेटरको परीक्षा सञ्चालन गरेबापत सात हजार ६ सय रुपैयाँ अन्य प्रशासनिक सेवा शुल्कबापत ११ लाख दुई हजार चार सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

सो राजस्व अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ को भन्दा रदुई करोड ५३ लाख ३५ हजार ६ सय ४८ रुपैयाँले कमी रहेको उनले बताए । अघिल्लो वर्ष कार्यालयले छ करोड ५६ लाख ५१ हजार दुई सय ८४ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । लेखापाल नेपालले आवको दोस्रो चौमासिक शुरु नहुँदै बन्दाबन्दी भएको कारण विगत वर्षहरुको दाँजोमा राजस्वमा गिरावट आएको बताए । रासस



प्रतिक्रिया दिनुहोस्