Logo

कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकको मृत्यु



कास्की, २० साउन। कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जीप चालक सुरेश शेरचनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

नयाँ पुलबाट घान्द्रुक जाँदै गरेकोे जिप अन्नपूर्ण गाउँपालिका वडा नं. १० क्लिउ भन्ने स्थानमा दुर्घटनामा परेको हो । शेरचनको शवलाई पोष्टमार्टमका लागि पोखरा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

आलु बोकेर त्यसतर्फ गएको ग २ च २८१७ नम्बरको सेतो बलेरो जिप आलु झारेर फर्काउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब दुई सय मिटर तल खसेको र कामै नलाग्ने गरी क्षतिग्रस्त भएको स्थानीयले बताएका खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot