Logo

वडाध्यक्षबाट कुटिए वृद्ध



भोजपुर, २० साउन । जनप्रतिनिधिबाटै एक वृद्धमाथि कुटपिट भएको छ।उत्तरी साल्पासिलिछो गाउँपालिका १ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय ६५ वर्षीय अर्जुनजंग कार्कीलाई कुटपिट गरेका हुन् ।

वडाध्यक्ष बुडाथोकीले कुलुङको अग्राखे भन्ने स्थानमा बाटो छेकी विनाकारण कुटपिट गरेको पीडित कार्कीको आरोप छ । कार्की षडानन्द नगरपालिकाको दिङ्लाबजारदेखि घर जाने क्रममा गत शनिबार कुटिएका थिए। पीडित कार्कीको छाती, हात र खुट्टामा चोटपटक लागेर गम्भीर घायते भएको उनकी श्रीमती इन्दिरा कार्कीले बताइन्।

यता वडाध्यक्ष बुडाथोकीले बाटो निरीक्षण गर्दै हिँडिरहेको अवस्थामा कार्कीले अपशब्द प्रयोग गरेको र सामान्य विवाद मात्र भएको स्वीकारेका छन् । विवादपछि ठेलाठेल हुँदा दुवैलाई सामान्य चोटपटक पनि लागेको उनले बताए । वडाध्यक्ष बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिइ पीडित कार्कीको परिवारको रोहवरमा छाडिएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए ।

स्थानीय मेडिकलमा प्राथमिक उपचार पछि पीडित कार्कीलाई थप उपचारका लागि विराटनगर पठाइएको पारिवारिक स्रोतले जनाएको समाचार आजको अन्नपुर्ण पोस्टले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्