
वीरगञ्ज, साउन २०। पर्सामा सोमबार राती थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितहरुमा नेपाली सेना, चिकित्सक, पत्रकारसमेत रहेका छन् । संक्रमितमध्ये अधिकांश वीरगञ्ज महानगरपालिकाका छन् ।