Logo

कोभिड–१९ विरुद्ध एकताबद्ध भएर लड्नुपर्नेमा प्रधानमन्त्रीको जोड



काठडमाडौं, २० साउन । विज्ञहरूहरुसँग कोभिड-१९ बारे परामर्श गर्न आयोजित छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै एकजुट भएर कोरोनाविरुद्ध लड्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित परामर्शमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएकोले सबैले सतर्कता अपनाउनुपर्ने र सबै दल मिलेर कोरोनाविरुद्ध लड्न्पर्ने बताएका थिए ।

उक्त छलफलमा सहभागी एक विज्ञले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार विज्ञहरुले कम्तिमा दुई साता लकडाउन लगाउन सुझाव दिएका छन् । र, उनीहरुको सुझावप्रति प्रधानमन्त्री ओलीपनि सकारात्मक छन् । परामर्शमा संसदमा विपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि परामर्शमा सहभागी थिए ।

दुई हप्ता लकडाउन गर्न सरकारलाई विज्ञहरूको सुझाव

छलफलमा सहभागी देउवाले कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्न सरकारसमक्ष आग्रह गरेका छन् । उनले सरकारलाई ७ बुँदे सुझाव दिँदै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल सुरु गर्ने बन्दोबस्त मिलाउन सुझाव दिएका हुन् । तस्विर : प्रधानमन्त्रीको सचिवालय 



प्रतिक्रिया दिनुहोस्