Logo

कोरोना महामारी भयावह बन्दै, पर्सामा थप दुईको मृत्यु (विवरणसहित)



काठमाडौं, २१ साउन । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप दुईजनाको संक्रमणबाट मृत्यु भएको पुष्टि गरेसँगै उक्त संख्या पुगेको हो । मृतक दुवैजना पर्सा जिल्लाका हुन् ।

पछिल्लो समय पर्साको वीरगञ्जलगायतका स्थानमामा कोरोना महामारी फैलिइरहँदा दुईजनाको मृत्यु पुष्टि भएको हो । मृतकमध्ये १८ वर्षीया युवती र ४६ वर्षीय पुरुष छन् ।

मृतकको विवरण
१. पर्सा जिल्लाको पोखरिया ९ घर भएकी १८ वर्षीया युवतीको १९ साउनमा मृत्यु भएको । झाडापखालाको विरामी भई नेशनल मेडिकल कलेज लाँदै गर्दा बाटोमा मृत्यु । २१ साउनमा कोरोना संक्रमण पुष्टि भएको हो । २१ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको

२. पर्सा जिल्ला वीरगञ्जका ४६ वर्षीय पुरुषको २१ साउनमा निधन भएको । मधुमेहका रोगी उनी ज्वरो तथा खोकी लागी २० साउनमा आइशोलेशनमा राखिएका । २१ साउनको विहान मृत्यु भई स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको



प्रतिक्रिया दिनुहोस्

Screenshot