Logo

डेरामा गाई काटिरहेका ४ जना पक्राउ



म्याग्दी, २१ साउन । गाई काटेको अभियोगमा हिरा रसाईली समेत ४ जनालाई गाई काटेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ । मालिका घर भई बेनी बस्दै आएका हिरा रसाईली समेत ४ जना गाई काटेको अभियोगमा पक्राउ परेका हुन् ।

सूचनाको आधारमा रसाईलीको डेरामा गाई काटिरहेका ४ जनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले ३ थान दाउ, घन र २० केजी गाईको मासुसहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot