Logo

७० वर्षकी वृद्धामाथि बलात्कार



ताप्लेजुङ, २१ साउन । जबरजस्ती करणी गरेको अभियोगमा गोगुने भन्ने सन्त कुमार लिम्बु पक्राउ परेका छन् । आठराई त्रिवेणी ६५ वर्षीय लिम्बुलाई ७० वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

साउन १२ गते सोही ठाउँस्थित गर्धने चौतारामा उभिईरहेको अवस्थामा खुकुरी देखाई जबरजस्ती करणी गरेका लिम्बुलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot