Logo

घुस दिन खोज्दा पक्राउ



चितवन, २१ साउन । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २ जना बुधबार बिहान पक्राउ परेका छन् । राप्ती नगरपालिका स्थित सडकमा सवारी साधन जाँच गर्ने क्रममा ड्यूटीमा रहेका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा ना.७ ख ८१९ नम्बरको ट्रक चालक रौतहट राजपुरका अब्दुल मनान देवान र सहचालक राजपुरका महमद सितार रहेका छन् । रौतहटबाट नारायणगढतर्फ जाँदै गरेको ओभर लोड इँटा बोकेको ट्रकलाई अस्थाई प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रहरीलाई जबरजस्ती घुस दिन खोजेपश्चात दुबैजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्