Logo

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ



कपिलवस्तु, २१ साउन । स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । मायादेबी ठाकुरापुरस्थित नेपाल भारत सीमानाबाट स्रोत नखुलेको नगद १६ लाख नेपाली रुपैयाँ सहित बिनोद सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले शंका लागि जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगदसहित फेला परी सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot