Logo

गाँजासहित ६० वर्षिया महिला पक्राउ



काठमाडौं, २१ साउन । अवैध लागूऔषध गाँजासहित एक ६० वर्षिया महिला पक्राउ परेकी छिन् । बौद्ध टाउन प्लानिङस्थित सडकबाट आधा केजी अवैध लागूऔषध गाँजासहित कैलाली टिकापुर घर भएकी शर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा.९० प १५२९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा डिकीमा उक्त लागूऔषधसहित फेला पारी स्कुटर चालक शर्मालाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै सर्लाहीको लालबन्दीबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा मंगलबार प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीलाई देख्नासाथ ना.४९ प ७७६१ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात मोटरसाइकल जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त लागूऔषध गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्