Logo

आली-प्रचण्ड टकराव बढ्यो



काठमाडौं, २१ साउन । नेपाल कम्युनिस्ट पार्टीभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि टकराव बढेको छ । आज साँझ बस्ने भनिएको बैठक स्थगित भएसँगै दुवै नेता आ आफ्नो रणनीति बनाउन सक्रिय भएका छन् ।

सहमति बनाउन तीन दिनयता नेताहरु घनीभूत छलफलमा बसेपनि निष्कर्ष निस्किएको थिएन । ओली सचिवालय बसेर टुंगो लगाउने पक्षमा थिए भने प्रचण्ड केन्द्रीय कमिटी बसेर टुंगो लगाउने पक्षमा थिए । यसमा पनि सहमति निस्कन सकेन ।

ओलीको राजीनामा मागिरहेका प्रचण्ड र माधवकुमो नेपालसहितका नेताहरु ब्याक हुन तयार भएका छैनन् । ओली पनि टसमस भएका छैनन् । विकल्पका रुपमा सहमतिको प्रस्तावहरु आएपनि कुनै एक पक्ष तयार नभइरहेको अवस्था छ । यसले नेकपाभित्रको विवाद झन् पेचिलो बन्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्