Logo

लक्ष्मणको कसरी भयो मृत्यु, श्रीरामको एक वचनसँग जोडिएको छ कारण



भगवान रामको बारेमा सबैलाई थाहा छ तर रामको भाई लक्ष्मणको कसरी मृत्यु भयो भन्ने धेरै मानिसहरुलाई थाहा नहुन सक्छ । आज हामी यसको बारेमा चर्चा गर्नेछौ । रामको भाई लक्ष्मणलाई एक आदर्श भाई मानिन्छ र उनी आफ्ना प्रजाको भलाईको बारेमा धेरै सोच्थे ।

लक्ष्मणले प्रजाहरुको लागि आफ्नो प्राण पनि त्याग्न तयार रहेर कर्तव्यको पालन गर्थे । भगवान श्री राम अयोध्याका राजा बनेपछि एक दिन ‘काल’ तपस्वीको रुप धारण गरेर अयोध्या आए । ति कालको रुप धारण गरेका तपस्वीले रामसँग एकान्तमा कुरा गर्ने इच्छा राखे पछि रामलाई भने हामी दुईबिचमा कोही आउन हुँदैन र बाधा नपु¥यानु भने ।

यसपछि रामले भाई लक्ष्मणलाई ढोकामा बसी सुरक्षा दिन र कोही पस्न नदिन भने । भगवान राम र कालको कुरा हुँदै थियो उक्त समयमा ऋषि दुर्वासा आए र श्रीरामसँग भेट्न चाहाना राखे तर लक्ष्मणले अहिले भेट्न मिल्दैन भन्दा पनि ऋषि दुर्वासाले रामलाई तिम्रो राज्य माथि श्राप दिने भनेपछि बरु अयोध्यालाई श्राप दिदाँ प्रजालाई गाह्रो हुने भएकोले लक्ष्मण दुविधामा परे ।

लक्ष्मण आफै राम र कालकोबीचमा गए र ऋषि दुर्वासा भेटेन आएको कुरा बताइदिए । उनले सबैकुरा बताइदिएपछि राम लक्ष्मणसँग रिसाए । रामले आफ्ना गुरु वरिष्ठलाई लक्ष्मणको कुरा राखे र कुनै बाटो खोज्न आग्रह गरे । रामका गुरुले लक्ष्मणलाई त्याग गर्नु किनकी त्याग गर्नु वध गरे समान हुने बताए । गुरुको सल्लाहमा भाई लक्ष्मणलाई त्याग गर्ने निर्णय गरे र लक्ष्मणले आफुलाई त्याग गर्नु भन्दा मारीदिन आग्रह गरेपनि लक्ष्मणलाई त्यागीदिए ।
श्रीरामले त्याग गरेपछि लक्ष्मण दुखी भएर सरयु नदीमा गएर जल समाधी लिए ।

लक्ष्मणले सरयु नदीमा समाधी लिएको थाहा भएपछि रामले पनि उक्त नदीमा नै गएर जल समाधि लिएर बैकुन्ठ गए । धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्

Screenshot