Logo

कोरोना बिर्सेर दैनिक जात्रैजात्रा



काठमाडौ,साउन २२ । कोरोना महामारीको जोखिम बढ्दै जाँदा काठमाडौंमा भने दैनिकजसो भिडभाडयुक्त जात्रा हुन थालेका छन् । गाईजात्राको भोलिपल्ट हरिसिद्धी भवानीका देवगणहरुलाई द्यो पखुः अर्थात् देउता नुहाउने पोखरी मा स्नान गराएर जात्रा मनाउने गरिन्छ ।

कोरोना महामारीको जोखिम हुँदा पनि विगतका बर्षझैं स्थानीहरुले तामझामका साथ जात्रा मनाएका छन् । यस जात्रामा देउतालाई राँगाको बलि चढाई राँगाको टाउको बोकेर पोखरीमा नुहाउने प्रचलन छ ।

सरकारले २५ जना बढीभेला नहुन निर्देशन जारी गरेको भएपनि उपत्यकाका स्थानीयले वेवास्ता गर्दै आएका छन् । मंगलबार पनि उपत्यकाका बिभिन्न ठाउँमा यस्तै बिशाल भिडभाडका बीच गाईजात्रा मनाईएको थियो ।नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्