काठमाडौँ, २२ साउन । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार आइतबार १८१ जना कर्मचारीमा पीसीआर परीक्षणका गर्न लगिएको थियो । त्यसमध्ये १८० जनामा कोभिड–१९ नेगेटिभ देखिएको र एक जना सवारी चालकमा कोरोना पुष्टि भएको हो ।
सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि नभएको र एक जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख गरेको खबर आजको गोरखापत्रले छापेको छ ।