Logo

विधिसम्मत पार्टी सञ्चालन गर्न नेताहरुको माग



काठमाडौं, २२ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद पदका लागि नरहेको बताउनुभएको छ । उहाँले जारी विवाद पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि संघर्ष भइरहेको बताउनुभएको हो ।

बुधबार पार्टीसम्बद्ध सञ्चारकर्मीसँग राजधानीको एक पार्टी प्यालेसमा भएको छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र पदको लडाइँ नरहेको भन्दै त्यसको खण्डन गर्नुभएको छ । प्रधानन्त्री एवं पार्टी अध्यक्ष ओलीले जारी विवाद पदका लागि भएको भन्दै प्रचार भइरहेकोप्रति चार जना शीर्ष नेताले खण्डन गरेर विधिसम्मत रुपमा पार्टी सञ्चालन गर्नुपर्नेमा माग गर्नुभयो ।

अध्यक्ष प्रचण्डले पार्टीभित्रको बहसलाई पदको निम्ति छिनाझपटी भनिएको विषयमा सत्यता नभएको बताउनुभयो । आफूहरुले नेतृत्व लिन नभई पद त्यागका रुपमा पार्टी एकता गरेको र आलोपालो सरकार चलाउने सहमतिसमेत छोडको बताउँदै प्रचण्डले भन्नुभयो– ‘मलाई त प्रधानमन्त्री हुने हतारो पनि छैन, रुची पनि छैन ।’ कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि स्थायी र केन्द्रीय कमिटीको एक र एक बैठकको अध्यक्षता गरेको स्मरण गर्दै ती बैठकले लिएका निर्णयहरु मूलभूत रुपमै सही भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्