Logo

आज यी प्रदेशमा छ भारी बर्षाको सम्भावना



काठमाडौ, साउन २२ । आगामी तीनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तीन दिनसम्म प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको अबको तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।

लगातार झरी नै पर्ने सम्भावना देखिँएपनि प्रदेश नं १, २ र बाग्मती प्रदेश र सुदूरपश्चिममा भारी वर्षा हुने सम्भावना रहेको जनाइएको छ।

विहिबार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षासमेत हुनसक्ने देखिएकोले उक्त स्थानहरूमा आवश्यक सतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ ।

ती क्षेत्रमा पर्ने नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्