Logo

पहिरोका कारण दर्जनौ बस्ती जोखिममा



सिन्धुपाल्चोक, साउन २२ । प्रत्येक वर्षको वर्षामा सिन्धुपाल्चोकका अधिकांश बस्ती बाढी पहिरोको उच्च जोखिममा पर्ने गरेका छन् । केही दिनदेखिको अविरल वर्षासँगै आएको पहिरोले बाह्रबिसे नगरपालिका २, कर्थलीका बस्ती उच्च जोखिममा पारेका छन् । घट्टेखोलाको बाढी र पहिरोले तीन घरमा पूर्णरूपमा क्षति पु¥याएको छ ।

बाह्रबिसे नगरपालिका २ का कमल विक, गोपाल विक र गुना विकको घर पहिरोले बगाएको स्थानीय अजय लामाले जानकारी दिए । उनका अनुसार पृथ्वीबहादुर भण्डारी, सीताराम कार्की, डिलबहादुर भण्डारी, तिलक भण्डारी र राजन भण्डारीको घरमा आंशिक क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार बाढी र पहिरोले क्षति पु¥याएको घरलगायतको क्षतिको विवरण लिने कार्य भइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot