एजेन्सी, २२ साउन । एउटा बिष्फोटले तीन लाखलाई घरबारविहिन बनाएको छ । लेबनानमा मङ्गलबार भएको बिष्फोटबाट तीन लाख मानिस घरबारविहीन भएको तथ्यांक छ ।
अलजजीराका अनुसार बेरुतमा भएको घटनामा घरहरु पूर्ण र आंशिक रुपमा क्षति पुगेको छ । घरबारविहीनलाई खाना, पानी र बासस्थानको व्यवस्था मिलाइएको छ । घटनामा डेढ सय भन्दा बढी मानिसको मृत्यु भएको छ । कतिपय हराइरहेकाको खोजी भइरहेको छ ।
बेरुतको बन्दरगाहस्थित पुरानो भवनमा जम्मा गरी राखिएको २७ सय ५० टन बिष्फोटक पद्धार्थका कारण घटना भएको जनाइएको छ । बेरुतमा बिष्फोट र आगलागी भएको थियो ।
घटनामा ५ अर्ब डलरभन्दा बढीको क्षति पुगेको अनुमान छ । बेरुत शहर नै अस्तव्यस्त भइसकेको छ ।-Photo Source: Foreign Policy