Logo

हलेसी महादेवको विशेषता टिप्पणी



हिन्दु र बौद्ध धर्मको तीर्थस्थल हलेसी मन्दिर नेपालको प्रसिद्ध धार्मिक स्थल हो । यो मन्दिर खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट करिब ९ कोष पश्चिममा अवस्थित हलेसी तुवाचुङ नगरपालिकाको केन्द्र दुर्छिम छापडाँडाबाट पुर्व महादेव स्थान हलेसी गाउँमा पर्छ ।

‘हलेसी गुफा’को प्राकृतिक भु–बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दु धर्मावलम्बीले पुर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मालम्बीले आदिम भुमि ठान्दै आएका छन् । हिन्दु धर्म र बुद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रुपाकोट डाँडा जस्ता सदावहार डाँडाको काखमा हलेसी महादेव अवस्थित छन् ।

सुन्दर र मनोरम प्राकृतिक श्रृगारले भरिपुर्ण एवं विभिन्न आश्चर्य लाग्दा आकर्षक प्राकृतिक आकृतिका चट्टानले सजिएको हलेसी धाममा विशेषत महादेव (शिव) बसाह र भैरवका ३ वटा महत्वपुर्ण गुफा छन् । हलेसी मन्दीरको दर्शन गरेमा खडेरीबाट मुक्ति पाइने, दुख हट्ने, निसन्तानलाई सन्तान लाभ हुने, पदोन्नती हुने, निरोगी हुने र मनोकांक्षा पुरा हुने जस्ता जनविश्वास गरिदै आएको छ ।

महादेवले भस्मासु राक्षसबाट बचाउन मोहनी रुप धारण गरी भगवान विष्णु कैलाशबाट उक्त स्थानमा आएको पुरानो मान्यता रहेको छ । मोहिनीले राक्षसलाई झक्याएर भष्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ । त्यसकारण हलेसीलाई भष्मासुर गुफा पनि भनिन्छ । बाला चतुर्दर्शी, शिवरात्री, रामनवमी र तीजमा ठुला मेला लाग्ने हलेसीमा विभिन्न देशबाटसमेत तीर्थयात्री ता आन्तरिक पर्यटकहरु पुग्ने गर्छन् ।

महादेवस्थानमा बाक्लो जंगलले ढाकिएको थुम्को छ । थुम्कोको टाकुरामा आकाशतिर फर्केको एउटा ठुलो चट्टानको गुफा छ त्यहि गुफालाई हलेसी महादेव गुफा भनिन्छ । गुफाभित्र प्रवेश गरेपछि करीब ३ सय फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ जहाँ १ हजार भन्दा धेरै मानिस अटाउछन् ।

एक किवंदन्तीअनुसार एक जना किराँती सिकारीले सिकार गर्ने क्रममा उनले वाण प्रहार गर्दा घाइते भएको मृग हलेसीको महादेव मन्दिरमा खसेछ । त्यो मृग लिन जाँदा गुफा भित्र बत्तीको जस्तो ज्योति देखेर सिकारी बेहोस भएछन् । बेहोस भएका सिकारीलाई भगवान शंकरले दर्शनपछि गुफाभित्र अन्य देविदेवताको पनि उत्पत्ति भएछ ।

स्वस्थानी व्रत कथा अनुसार सतिदेवीले आफ्ना बाबु दक्ष प्रजापतिले एउटा ठुलो यज्ञको आयोजना गरे जुन यज्ञमा आफ्नै छोरस् सतिदेवीलाई बोलाएनन् र उनी पिताले नबोलाएपनि गईन् । पिताको अपमान सहन नसकेर उनले यज्ञस्थलमानै योज्ञाग्निमा भष्म भइन् । आफ्नी सतिदेवीले देह त्याग गरेरपछि महादेवले उनको शरीर लिएर डुलाउने क्रममा सतीदेवीको अंगको दाहिने कुहिनो पतन भएको र राज पिठ गृह ग्रिहेश्वरि देवी उल्का मुखी योगिनी हलेस्वर महादेव उत्पत्ति भई शिव शक्तिको रुपमा रहेको पनि कथामा पाइन्छ ।



प्रतिक्रिया दिनुहोस्