Logo

अहिले नै पूर्ण लकडाउनमा जानुपर्ने अवस्था छैनः प्रवक्ता



काठमाडौँ, २३ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले तत्कालै पूर्ण लकडाउन गर्ने सोच नभएको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मन्त्रालयमा अयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, जहाँ सङ्क्रमण बढी हुन्छ, त्यहाँ सेवाहरू रोक्दै जानुपर्छ र जहाँ सङ्क्रमण कम छ, त्यहाँ खुकुलो हुन्छ । उहाँले अहिले स्थानीय तह वा जिल्ला प्रशासनहरूलाई अवस्था हेरेर स्थानीय स्तरमा लकडाउन गर्नसक्ने व्यवस्था भएकाले अहिले नै त्रसित भएर पूर्ण देशव्यापी लकडाउनमा जानुपर्ने अवस्था नभएको पनि बताउनुभयो । यो समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्