Logo

कोरोनाको कहरः धराशायी बन्दै सञ्चार माध्यम



चितवन, २३ साउन । कोरोना भाइरस सङ्क्रमणसँगै व्यावसायिक क्षेत्रमा देखिएको प्रभावको प्रत्यक्ष असर सञ्चार उद्योगमा देखिएको छ । सञ्चार उद्योगको मुख्य आम्दानी विज्ञापन हो । विज्ञापन दाता प्रभावित भएपछि त्यसको प्रत्यक्ष असर सञ्चार उद्योगमा देखिएको हो । जिल्लामा चार वटा दैनिक पत्रिका, १३ वटा साप्ताहिक, एउटा मासिक, २४ वटा अनलाइन, पाँच वटा टेलिभिजन र २३ वटा रेडियो छन् । तीमध्ये अधिकांश सञ्चारमाध्यम धान्न मुस्किल भएको छ । नियमित सञ्चालन भए पनि विज्ञापन नहुँदा प्रभावित भएका हुन् ।

कालिका एफएम र टिभी कालिकाका निर्देशक दीपक पौडेलले ऋण खोजेर तलब खुवाउनुपर्ने बाध्यतामा आइपरेको बताउनुभयो । “आफ्नो संस्थामा बत्तीस जना पत्रकार÷कर्मचारी कार्यरत छन्”, उहाँले भन्नुभयो, “उनीहरुलाई हरेक महिना तलब खुवाउँदै आएकामा अहिले दुई÷दुई महिनामा तलब खुवाउन बाध्य भएका छौं ।” संस्था सञ्चालनका लागि मासिक रु आठ लाख खर्च हुने भन्दै उहाँले विज्ञापन दाताको अवस्था नै बिग्रिएपछि विज्ञापन आउन छाडेको बताउनुभयो ।

जिल्लाको पुरानो दैनिक चितवन पोष्टका प्रबन्ध निर्देशक गोविन्द अर्यालले मासिक खर्चको ३३ प्रतिशत आम्दानी हुन नसकेको जानकारी दिनुभयो । लकडाउनअघिसम्म सरदर दैनिक रु ५० हजारको विज्ञापन हुने गरेकामा अहिले रु १० हजार पु¥याउन पनि मुस्किल परेको उहाँले बताउनुभयो । यो दैनिकमा बत्तीस जना कर्मचारी कार्यरत रहेको बताउँदै उहाँले अहिले पनि मासिक खर्च रु नौ लाख भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खर्च रु नौ लाख हुन्छ । आम्दानी रु तीन लाख छ ।” अब पत्रिका कसरी धान्ने भन्ने चिन्ता भएको उहाँको भनाइ छ । पत्रकार÷कर्मचारीलाई बेतलबी बिदा बस्न अनुरोध गर्ने तयारीमा आफू लागेको उहाँले बताउएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot