Logo

प्रधानमन्त्री ओलीको कोरोना परीक्षणः रिपोर्ट ‘नेगेटिभ’



काठमाडौँ, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । दैनिकजसो छलफल र भेटघाटमा व्यस्त रहनुहुने प्रधानमन्त्री ओलीको मङ्गलबार नै परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्रीको कोरोना परीक्षण रिपोर्ट बुधबार नै आएको हो ।

प्रधानमन्त्रीसँगै नियमित सम्पर्कमा रहने प्रधानमन्त्रीका अङ्गरक्षकसहित केही सुरक्षाकर्मीहरूको पनि परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । “सबैको रिपोर्ट नेगेटिभ आएको छ” बजगाईंले भन्नुभयो । यो खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्