Logo

चुच्चेपाटीमा श्रीमती र छोरीमाथि एसिड प्रहार



काठमाडौं, २३ साउन । काठमाडौंको चुच्चेपाटीमा आमा र छोरीमाथि एसिड आक्रमण भएको छ। बिहीबार साँझ करिब ९ बजे हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका अन्दाजी ४४ राजन विष्टले श्रीमती र छोरीलाई एसिड प्रहार गरेका हुन्।

उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको बताएको छ। उनले मादक पदार्थ सेवन गरी एसिड प्रहार गरेको प्रहरीको भनाई छ। विष्टलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ। आमा छोरीको टाउको र अनुहारमा एसिड परेकाले अस्पताल लगिएको छ।

गत साउन ८ गते सीतापाइलामा रौतहटका मोहमद आलमको निर्देशनमा भारतीय नागरिक मुन्ना मोहमदले २२ वर्षीया युवतीमाथि एसिड प्रहार गरेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot