Logo

जनसम्पर्कका सुरक्षाकर्मी कोरोनाबाट बढी प्रभावित



काठमाडौं, साउन २३ । नेपाल–भारत सीमा सुरक्षाअन्तर्गत इलामको पशुुपति नाकामा खटिएका सशस्त्र प्रहरी कर्मचारीमा खोकी र ज्वरोको लक्षण देखापरेपछि ‘पीसीआर’ परीक्षण गर्दा पाँच जनामा कोरोना सङ्क्रमण देखा प¥यो ।

त्यसको केही दिनपछि इलामस्थित गणमा कार्यरत अन्य कर्मचारीको पीसीआर गर्दा ४७ मा र बिहीबार थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालका अनुसार सीमा नाकाबाट आवतजावत गर्नेबाट कोरोना सरेको अनुमान गरिएको छ ।

विशेष गरी ‘बन्दाबन्दी’ हटेपछि सीमा नाकामा नेपाली तथा भारतीय नागरिकको ओहोरदोहोर बाक्लो भएका कारण सुरक्षामा खटिएका कर्मचारीमा कोरोना सङ्क्रमण बढेको दाबी उनले दाबी गरे । सुरक्षाकर्मीमा कोरोना फैलिनुमा नागरिकसंँगको प्रत्यक्ष सम्पर्क मुख्य कारण भएको बताइएको छ ।

त्यस्तै नेपाल प्रहरीको नक्सालस्थित प्रधान कार्यालयमा कार्यरत ८५ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ ।नागरिकको शान्तिसुरक्षा, विपद् व्यवस्थापन, सञ्चार तथा सवारी महाशाखामा कार्यरत प्रहरी कर्मचारीमा सङ्क्रमण बढी देखिएको हो ।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानलगायत विपद् व्यवस्थापन तथा उद्धारमा खटिएकाबाट प्रहरी प्रधान कार्यालयभित्र कोरोना फैलिएको अनुमान रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्