Logo

कोरोनाको केन्द्र बन्यो काठमाडौं उपत्यका



काठमाडौं, २३ साउन । विश्व कोरोना कहरले आक्रान्त भइरहेका बेला काठमाडौं उपत्यमा कोरोनाको केन्द्रजस्तै बनेको छ । कोरोना संक्रमण बढेसँगै उच्च ओहदामा आसिन व्यक्तित्व तथा उहाँहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी धमाधम संक्रमित हुँदै छन् भने मृतकको संख्या पनि अनपेक्षित रुपमा बढ्दै छ । २४ घण्टामा ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले बिहीबार नियमित प्रेस ब्रिफिङमा ३ सय ६० जना कोरोना संक्रमित हुनुका साथै ५ जनाको मृत्यु भएको जानकारी गराउनुभयो ।

मृत्यु हुनेमा मोरङ रंगेली नगरपालिका–८ का ४५ वर्षे एक पुरुष, सर्लाही मलंगवा नगरपालिका–८ की ६५ वर्षीया एक महिला, धनुषा मिथिला नगरपालिका–१० लालगढका ७२ वर्षीय एक पुरुष र सप्तरी रुपनि नगरपालिका–५ का ४२ वर्षीय एक पुरुषको कोरोना संक्रमणको कारणले मृत्यु भएको छ ।
२४ घण्टामा कहाँ कहाँ संक्रमण बढ्यो

प्रदेश नम्वर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार बेलुका आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले सञ्चारकर्मीलाई जानकारी दिनुभएको हो । संक्रमण पुष्टि हुनुअघि मन्त्री यादव १४ साउनमा काठमाडौंमा प्रधानमन्त्रीसँगको छलफल कार्यक्रममा सहभागी हुनुभएको प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पुष्टि गरेको छ । छलफल कार्यक्रममा मन्त्री यादवले प्रधानमन्त्रीसँग पनि भेटघाट गर्नुभएको स्रोतले जनाएको छ ।

उहाँ काठमाडौंमा साउन १६ मा भएको प्रहरी समायोजनसम्बन्धी सम्मेलनमा समेत सहभागी भई जनकपुर फर्किनुभएको र १७ गते धनुषाको धनुषाधाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनुभएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रमुख ९आईजीपी० शैलेश थापा पनि सहभागी हुनुभएको थियो । ठूलो संख्यामा सर्वसाधारण सहभागी पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले भाग लिनुभएको थियो । पार्टी प्रवेश कार्यक्रमको दोस्रो दिन मन्त्री यादवले स्वाब परीक्षण गराउनुभएकोमा कोरोना पोजिटिभ देखिएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्