Logo

पहिरोमा पुरिएर आमा छोराको मृत्यु



बैतडी, साउन २३ । पहिरोमा पुरिए बैतडीको डिलासैनी गाउँपालिका–४ मठैराजमा आमाछोराको मृत्यु भएको छ। बिहीबार राति १ बजे घरमाथिबाट आएको पहिरोमा परी आनसिंह बोहराकी ४० वर्षीया श्रीमती पशुपति र १२ वर्षीय छोरा रिकेशको मृत्युु भएको प्रहरीले जनाएको छ।

राति सुतिरहेको समयमा अचानक आएको पहिरोमो च्यापिएर दुवै जनाको मृत्युु भएको हो भने सोही घरको अर्को कोठामा रहेका दुुई जना भागेर बाच्न सफल भएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot