Logo

देउवालाई रामचन्द्र पौडेलको प्रश्न : विभाग/विभाग भनेर तमाशा गर्ने बेला हो यो ?



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय आफ्नो पार्टीभित्र विकृतिहरु देखिरहेको टिप्पणी गरेका छन् । शुक्रबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले सभापति शेरबहादुर देउवामाथि गर्नुपर्ने काम नगरेर पदहरु बाँडेर र विभागहरु गठन गरेको आरोप लगाए । उनले अहिले विभाग विभाग भनेर तमाशा गर्ने बेला नभएको पनि बताएका छन् । प्रस्तुत छ बरिष्ठ नेता पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

हिजो शेरबहादुर देउवाको निवासमा भएको बैठकमा तपाईले के भन्नुभयो ? कांग्रेस कसरी अगाडि बढ्दैछ ?

अहिले पार्टीभित्र विकृतिहरू देखिरहेको छ । यो गलत तरिकाबाट पार्टी सञ्चालन गरेर हुँदैन । जुन बेलामा जे काम गर्नुपर्ने हो त्यो नगर्ने, यस्तो अनर्थ नगरौँ । क्रियाशील सदस्यताका लागि देशका लाखौँ साथीहरू इच्छुक छन् । व्यवस्थित ढंगले क्रियाशील सदस्यता बाँड्ने, जिल्ला–जिल्लामा कसरी अधिवेशनको तयारी गर्न सकिन्छ । त्यतातिर सारा ध्यान केन्द्रित हुनुपर्ने बेलामा पदहरू बाँडेर, विभागहरू गठन गरेर हुन्छ ? त्यो काम महाधिवेशनको ६ महिनाभित्र सकिसक्नुपर्ने हो । अहिलेको संशोधित विधानमा पनि ६ महिनाभित्र सक्नैपर्ने विधान छ । क्रियाशील हुने साथीहरूले वडामा सम्पर्क राखेर आउनुपर्छ भन्ने लगायतका भातृ संस्थाको म्याद थपिएको जुन रित पुगेन । यस्तो किसिमको गर्नुभएन । क्रियाशील सदस्यता छानविन समिति बनाउनुपर्छ । त्यसको संयोजक निष्पक्ष खालको सबैले मान्ने खालको बनाउनुपर्छ । जनसम्पर्क समितिहरू जथाभावी भएका छन्, तिनीहरूको नियम र विधान बनाउनुपर्छ ।

पार्टी सभापतिले महाधिवेशनको निष्पक्षतामा तपाईहरूलाई शंका नगर्न आश्वस्त पार्नुभएछ नि हिजो ?

मुखले आश्वस्त पारेर हुँदैन । व्यवहारमा आश्वस्त पार्नुपर्छ । भातृ संस्थाहरू पनि विधि विधानमा चल्नुपर्छ । सबैले आफ्नो इच्छा र मर्जीअनुसार चलाउन थालेपछि कहाँबाट विश्वासको वातावरण बन्छ ?

शेरबहादुर देउवाले विधानभन्दा बाहिर गएर क्रियाशील सदस्यताको नवीकरण नगर्ने कुरा बताउनुभएको छ । तपाईलाई विश्वास छ कि छैन त्यसमा ?

अझै पनि विश्वास बनिसकेको छैन । किनभने कतिपय जिल्लाहरूमा यति सदस्य, उति सदस्य फलानो मान्छे प्रवेश गर्नुभएको हो, यहाँबाट दिने नै होइन । यहाँबाट दिइने त १५/२० जना मानिसलाई महत्वपूर्ण क्रियाशीलता यहीबाट दिने हो । अरू वडाले दिने हो । त्यहाँ वडाको बैठकमा क्रियाशील छन्, पार्टीमा आबद्ध भएर ती सबैलाई हेरेर त्यहाँको कमिटिले निर्णय गर्छ । साथीहरूलाई जिम्मा दिने हो ।

त्यसो भए अहिलेको अवस्थामा विभागहरू गठन गर्न मिलेन ?

विभाग विभाग भनेर तमाशा गर्ने बेला हो यो ? विभागको के काम हुन्छ अहिले ? कुन अर्थमा मान्छेको नाममात्र अखबारमा टाँसिदिएर, साथीहरूले पनि मेरो नाम छापिएर आयो भनेर त्यसैमा मख्ख हुने बेला हो यो ? महाधिवेशन सकिएको ६ महिनाभित्र गरिसक्नुपर्ने अहिले हाम्रो सभापति कामचलाउ बनिसकेको अवस्थामा अहिले आएर मनोनितको नाम लिएर विभाग बनाउने यो सबै तमाशा होइन यो ?

अहिलेसम्म केन्द्रिय समितिमा एजेण्डा तय भएको छैन ?

भएको छैन । त्यो उहाँको सम्मान होइन । त्यो दिनमा उहाँहरूको प्रवेशका लागि मात्र त्यहाँ उपस्थित भयौँ ।

अब कांग्रेसमा आउन चाहने मान्छेहरू त उत्साहित नहुने भए नि फेरि ?

आएकाहरूलाई कांग्रेस नै सबै दिने हो त ? कांग्रेसका पुराना नेताहरूको पनि मर्यादा बचाउनुपर्छ नि । कांग्रेस पार्टीका सिनियर नेताहरूको मर्यादालाई तल पारेर उहाँहरूको सम्मान हुन्छ र ? उहाँहरूलाई सम्मान गर्ने पनि त एउटा तरिका हुन्छ । जो आउनुहुन्छ उहाँहरूलाई उचित किसिमको सम्मान दिने हो तर यहाँको साथीहरूको असम्मान, अपमान नहुने गरी दिने हो ।

शेरबहादुर देउवा र तपाईको मिलेमत्तो छ भन्ने आएको छ, गोविन्दराज जोशी र पुष्करनाथ ओझालाई हटाउनमा ?

यो मिलेमत्तो पार्ने गरेर षड्यन्त्र हो यो । यो सौदाबाजी गरेर पुष्कर ओझामाथि प्रतिशोध अहिलेसम्म साँचेर राखेर षड्यन्त्र गरियो । यो गलत कार्य भयो ।

त्यसो भए पुष्करनाथ ओझालाई कारबाही हुनुहुन्न भन्ने तपाईको भनाई हो ?

पुष्करनाथ ओझा जस्तालाई कारबाही गर्ने भनेको उनको के हो दोष ? त्यहीअनुसार हुनुप¥यो नि । यहाँ ल्याएर बाहिर मिसाउने हो ?

त्यसो भए कांग्रेसमा अनुशासनमा कारबाही गर्दाखेरि पनि भागबण्डा हुने भयो अब ?

भागबण्डा होइन । त्यो गलत कुरा हो । त्यही प्रक्रियाको षड्यन्त्र हो भन्छु म ।

अहिले देशमा कोरोनाको संक्रमण छ । देश संकटमा गईरहेको छ । दलहरू मारामार गर्ने ? तपाईहरू झगडा गर्ने बेला हो र यो ?

यो झगडा होइन । यो पार्टीलाई शुद्ध बनाएर कम्युनिष्टसँग लड्ने, राष्ट्रिय मुद्दाहरूलाई समाधान गर्ने काम गर्न कांग्रेस बनाउने हो । कांग्रेसलाई सशक्त कांग्रेस बनाउने अभियान छ अहिले ।

तर कांग्रेसले पनि अहिले जनताको समस्यामा ध्यान दिएन । जनता रोइरहेका छन्, खान पाएका छैनन् । तपाईहरुलाई दुःख लाग्दैन् ?

जनताको समस्यालाई लिएर प्रधानमन्त्रीलाई पनि मैले आफैले भेटेको छु । अहिले जो अनशनमा बसे, तिनीहरूको माग पनि मैले प्रधानमन्त्रीलाई पेश गरेको छु । यसरी पि.सि.आर परीक्षणको दायरा बढाउनुप¥यो, क्वारेन्टाइन, आइसोलेसन राम्रो बनाउनुप¥यो, भेन्टिलेटरहरू प्रशस्त बनाउनुप¥यो, विरामीहरू राख्ने इमरजेन्सी वार्डहरू राम्रो हुनुप¥यो, यो सारा कुराको व्यवस्था सरकारले यत्रो समय पाउँदा के हेरेर बसिराखेको छ । गाउँमा गरिबी छ, तिनलाई त्यही रोजगारीको अवसर सिर्जना गर्नुप¥यो । राज्यको बजेट त्यतातिर एलोकेट गर्नुप¥यो । हामीले सरकारलाई समयमा नै उचित सुझाव दिएका छौँ । गर्ने त उसले हो नि त । अब सरकारले गर्दैन भने त्यसकोविरुद्ध हामीले जनतालाई भन्ने हो । बेइमानी ग¥यो सरकारले, दायित्व पूरा गरेन भनेर हामीले भनिरहेका छौँ । तस्करलाई कमिशनमा लगानीबोर्डमा ल्याएर हाल्छ । सरकारको काम गराई हेर्नुहोस् त ? यस्तै हुन्छ कम्युनिष्ट ?

२० दिनदेखि आमरन अनशनमा युवाहरू छन् । उनीहरूले भनेका छन्, हाम्रो माग सुनेन सरकारले । अब के गर्ने त, अनशन बस्न दिइरहने कि माग सम्बोधन गर्ने त ?

सरकारले माग सम्बोधन गर्नुपर्छ । उनीहरूको जीवनमाथि खतरा पु¥याउनु हुँदैन । मैले तत्काल यहाँबाट फोन गरेर भनेको छु ।

जनताको पीडामा देशका शीर्ष नेताहरू किन गम्भीर हुँदैनन् ?

अहिले हामी अत्यन्तै गम्भीर छौँ । देशलाई कसरी संकटबाट मुक्त गर्ने ? कसरी जिम्मेवारी पूरा गर्नुपर्छ ? कुन रूपमा देश चलाउनुपर्छ ? हामी निरन्तर सरकारलाई पथप्रदर्शन गर्ने काम गरिरहेका छौँ । जनतालाई पनि हामीले भनिराखेका छौँ । सबै किसिमले हामी त चुप लागेर बसेकै छैनौँ ।

देशव्यापी लकडाउन नगर्ने पक्षमा सरकार छ । कांग्रेसको माग के हो ? लकडाउन गर्ने कि नगर्ने ?

लकडाउनभन्दा सबैभन्दा संयमित व्यवहार गर्नुप¥यो । जोगिएर काम गर्नुप¥यो । देशको अर्थतन्त्रलाई चौपट पार्न पनि त भएन ।

त्यसो भए लकडाउनको आवश्यकता अहिले छैन ?

होइन अहिले लहडाउन नै भनिदिएँ पनि समाधान कहाँबाट हुन्छ । अर्कातिर राष्ट्रिय समस्या, अर्थतन्त्रमा ठुलो विचलन आउन सक्छ । पहिलो कुरा सन्तुलन गरेर चलाउनुप¥यो नि ।

नेपाली कांग्रेसको महाधिवेशन नहुने भएछ होइन फागुनमा ? पार्टी सभापति गर्ने पक्षमा हुनुहुन्न अरे ?

किन हुँदैन ? नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गरेर अब सारा साथीहरूलाई क्रियाशील सदस्यता दिइसक्नेबित्तिकै १ महिनाभित्र सबै चुनाव सकिन्छ । अधिवेशन के गा¥हो छ र ?

तर पार्टी सभापतिको भित्री रणनीति र उद्देश्य त तपाईले बुझ्नुभएको छ ? उहाँ त फागुन ७ मा महाधिवेशन नगर्ने पक्षमा उभिनुभएको छ भन्ने कुरा बाहिर आएको छ नि ? के भन्नुहुन्छ ?

त्यसो गर्न मिल्दैन । १ वर्षको अवधि सकिन्छ फागुनमा, अवधि सकिएपछि के हुन्छ ? कांग्रेसको विधानको दशा के हुन्छ ? हाम्रो पार्टीको विधानको मर्यादालाई भंग गरिदिएपछि पार्टी कहाँ रहन्छ ?

तर पार्टी सभापतिको भनाई के छ भन्दाखेरि ६ महिना थप्न सकिन्छ ?

६ महिना उहाँले कहाँबाट थप्न पाउनुहुन्छ ? विधानमा थप्न पाउने १ वर्ष हो । त्यो १ वर्ष सकिसक्यो ।

त्यसोभए ६ महिना महाधिवेशन थप्न पाउने सम्भावना छैन ?

छैन छैन । कहीँ थप्न पाउने व्यवस्था नै छैन । अधिकतम १ वर्ष थप्ने भनेर भनिएको थियो । त्यो १ वर्ष त यो फागुनमा पूरा हुन्छ ।

तपाईले भन्नुभएको थियो, हाम्रो गुटबाट यसपालि १ जना मात्र सभापतिको उम्मेदवार बन्छ, के यो सही हो ?

हो १ जना मात्र हुन्छ । हामी देशलाई एउटा गतिलो विकल्प दिन चाहन्छौँ । नेपाली जनताको गरिबी र विपन्नता, कष्टकर जीवनलाई राहत दिन सक्ने कांग्रेस निर्माण गर्न चाहन्छौँ । अहिलेको कम्युनिष्टले सत्ता सञ्चालन गर्न सकेन । विकास र समृद्धिलाई अगाडि बढाउन सकेन । त्यो विकास र समृद्धिलाई अगाडि बढाउने क्षमता भएको कांग्रेस, निमुखालाई न्याय र विपन्नलाई आय दिने कांग्रेस हामी दिन चाहन्छौँ । उनीहरूले गर्न सकेनन् । अब कांग्रेसले गर्न सक्छ भन्ने कुरासहित हामी जनतामा प्रस्तुत हुन चाहन्छौँ । यो महाधिवेशनले त्यस्तै कांग्रेस बनाउने हो ।

कृष्णप्रसाद सिटौलासँग तपाईहरूको कुरा भएको छ कि छैन । उहाँ त शेरबहादुर देउवाको गुटमा जानुभयो अरे ?

नेपाली कांग्रेसलाई विश्वास राख्ने सबै साथीहरूसँग मेरो कुरा हुन्छ । कृष्णप्रसाद सिटौला मात्र हो र, शेरबहादुर देउवासँग पनि मेरो कुरा हुन्छ । हिजो आन्दोलनमा सबै सँगै लागेका साथीहरू हुन् । सबैलाई लिएर काम गर्ने हो ।



प्रतिक्रिया दिनुहोस्