Logo

अब अस्पतालले धान्न नसक्ने हुनसक्छ- स्वास्थ्य मन्त्रालय



काठमाडौं, २३ साउन । कोरोना भाइरसका संक्रमित र मृतकको संख्या वृद्धि भएसँगै सरकारले अस्पताल भरिने र उपकरणको पनि अभाव हुने अवस्था आउन लागेको जानकारी गराएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित प्रेस ब्रिफिङमा अस्पतालले पनि धान्न नसकिने अवस्था आउनसक्ने बताएका हुन् ।

‘कोभिड-१९ का संक्रमित बढिरहेकाले अस्पताल र स्वास्थ्यकर्मीले धान्न नसक्ने अवस्था आउनसक्छ,’ डा. गौतमले भने, ‘संक्रमणबाट बच्न रोकथामको उपाय अपनाउन आग्रह गर्दछौं ।’ उनले अस्पतालहरुमा संक्रमितको संख्या बढिरहेकाले व्यवस्थापनलाई तत्काल चुस्त दुरुस्त बनाउन आग्रह गरे ।

सिफ्टमा काम गर्न व्यवस्था मिलाउन र अनिवार्य जनस्वास्थ्यका मापदण्ड अपनाउन र लगबुक राख्न आग्रह गरे । डा. गौतमले भने, ‘अक्सिजन, भेन्टिलेटरले सहयोग गर्ने मात्र हो रोग निको पार्ने होइन ।’

उनले विगत केही दिनयता मृत्युदर बढिरहेको समेत बताए । रोगबाट बच्न सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot