काठमाडौं, २३ साउन । आज एकै दिन कोरोना भाइरसको संक्रमणबाट थप पाँचजनाको मृत्यु पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु पुष्टि गरेका सबै पाँचजना पुरुष छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मृत्यु हुनेहरुमा पर्साका तीनजना, सिराहा र सर्लाहीका एक एक जना छन् । योसँगै देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको ।
आज पाँच पुरुषको मृत्यु पुष्टि भएसँगै ५६ पुरुष, १३ महिला र १ शिशु छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् । मृतकहरुमध्ये अधिकांश तराईका जिल्लाका छन् ।
१. पर्सा वीरगञ्ज-९ को माइस्थानका ४५ वर्षीय पुरुषको साउन २२ मा पाटन अस्पतालमा निधन । मधुमेह र उच्च रक्तचापका विरामी । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
२. पर्सा वीरगञ्ज-११ श्रीपुरका ७९ वर्षीय पुरुषको २० साउनमा घरमै निधन । नमुना परीक्षण गर्दा कोरोना पुष्टि गरेको
३. पर्सा वीरगञ्ज-११ को श्रीपुरका ५७ वर्षका पुरुषको २२ साउनमा निधन । मधुमेह, मुटु र उक्त रक्तचापका विरामी । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४. सिराहा गोलबजार-२ का २५ वर्षीय पुरुषको २२ साउनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन । मृगौलाका विरामी डायलसिस गरिरहेका थिए । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
५. सर्लाही वसन्तपुरका ४५ का पुरुषको २३ गते विहान पाटन अस्पतालमा निधन भएको । २३ साउनमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको