Logo

मनसुन पुनः सक्रिय हुँदै, आज यी ठाउँमा छ भारी बर्षाको सम्भावना



काठमाडौं, साउन २४ । नेपालमा पुनःमनसुन सक्रिय हुने सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभरको मौसममा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै रातीसम्म देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै(थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। उक्त क्षेत्रमा सर्तकता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्