एजेन्सी, २४ साउन । भारतको केरलामा एयर इन्डियाको बिमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । शुक्रबार साँझ दुबईबाट केरलाको कोजीकोडी विमानस्थलमा उत्रने क्रममा धावनमार्गमा दुई टुक्रा भएर दुर्घटनाग्रस्त भएको विमानमा पाइलटसहित यात्रुहरुको मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेहरुको नजिकैको अस्पतालहरुमा उपचार भइरहेको छ । दुर्घटना भारतीय समय अनुसार साँझ सवा आठ बजे भएको थियो । चालक दलका सदस्यसहित १९१ जना रहेको बिमान उत्रने क्रममा दुई टुक्रा भएको थियो । –Photo Source: CNN