Logo

अस्पतालमा ४८ प्रतिशत मातृ मृत्यु



बाँके, साउन २४ । बाँकेका भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरमा मात्र १४ जना सुत्केरीले लकडाउनको अवधिमा ज्यान गुमाएका छन्। यी अस्पतालमा गत आव २०७६÷७७ मा २९ जना महिलाले सुत्केरी हुने क्रममा ज्यान गुमाएका थिए। लकडाउनको अवधिमा मात्र ज्यान गुमाउने महिला ४८।२७ प्रतिशत हो।

लकडाउनमा सबैभन्दा बढी भेरी अस्पतालमा ७ जना महिलाको ज्यान गएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना र शिक्षण अस्पताल नेपालगन्जमा एक जना सुत्केरी महिलाको लकडाउनको अवधिमा ज्यान गएको अस्पतालका प्रशासन प्रमुख कुमार अधिकारीले जानकारी दिए।

भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा।कुमारसान शाह लकडाउनमा सबैभन्दा बढी मारमा सुत्केरी नै परेको बताउँछन्।अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot