Logo

दुई गोल गरेपनि रोनाल्डो स्तब्ध, जुभेन्स च्याम्पियन्स लिगको अन्तिम १६ बाट आउट



एजेन्सी, २४ साउन । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपनि इटालीको क्लब जुभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट नै नकआउट भएको छ । गएराति भएको खेलमा जुभेन्टसले लियोनमाथि २-१ को जित हासिल गरेको थियो । तर, यसअघि भएको खेलमा १-० को हारका कारण अवे गोलका आधारमा लियोन क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भयो ।

लियोनले १२ औं मिनेटमा डिपेको गोलबाट अग्रता लिएको थियो । त्यसपछि जुभेन्टस कम्तिमा तीन गोल गर्नुपर्ने दबाबमा पर्यो । रोनाल्डोबाट उत्साही उसले लक्ष्य हासिल गर्ने अवस्था सृजना भएको थियो । तर, लियोनको बलियो रक्षापंक्तिलाई अन्तिम ३० मिनेटमा जुभेन्टसले तोड्न सकेन । अब लियोनले म्यानचेस्टर सिटीसँग क्वाटरफाइनल खेल्नेछ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot