Logo

पर्सामा मेयरसहित ५२ जनामा कोरोना पुष्टि



वीरगन्ज, साउन २४ । पर्सामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बाराका २ जना र सर्लाहीका १ जनासहित ५२ जनामा संक्रमण देखिएको हो ।

शनिबार बिहान संक्रमण पुष्टि भएका संक्रमितमध्ये पर्साको बहुदरमाइ नगरपालिकाका मेयर, उक्त नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत नौ जना स्वास्थ्यकर्मी र सर्वसाधरणलगायत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्