Logo

काठमाडौँ उपत्यकाको ३०/४० लाखको परीक्षण गर्नु भनेको यो सम्भव छैन : डा. राजभण्डारी



शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले काठमाडौं उपत्यकामा सबैको कोरोना परीक्षण गर्न सम्भव नभएको स्पष्ट पारेका छन् । उनले संक्रमितहरु सबैलाई अस्पतालमा राख्न नसकिनेपनि बताएका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । लक्षण नभएका व्यक्तिलाई कम्युनिटी लेभलमा राख्न सकिनेपनि उनको तर्क छ । प्रस्तुत छ डा. राजभण्डारीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

के छ कोभिडको अवस्था ?

विरामीको खोजपड्तालदेखि लिएर इन्भेष्टिगेसन गर्ने, त्यस्तो प्रकारका विरामीहरूलाई भर्ना गर्ने, गम्भीर प्रकारका विरामीहरू छन् भने तिनीहरूलाई आइ.सी.युमा भर्ना गर्ने, अन्य विरामीहरू छन् भने तिनीहरूलाई आइसोलेसनमा राख्ने र आउने विरामीहरूको जति पनि विरामीहरू हुनुहुन्छ, लक्षण देखिएका विरामीहरूको स्वाब परीक्षण गर्ने गरेका छौँ ।

अस्पताल खाली छैन । कसरी र कहाँ उपचार गर्दै हुनुहुन्छ, विरामीहरूको ?

संख्याहरू बढ्दै जान्छ, संख्याहरू बढ्दै गईसकेपछि संक्रमितहरू सबैलाई अस्पतालमा राख्न सकिँदैन । जसलाई समस्या छ, ती समस्या भएका व्यक्तिलाईमात्र अस्पतालमा राख्नुपर्छ । लक्षण नभएका व्यक्तिलाई कम्युनिटि लेभलमा राख्न सकिन्छ । यदि कुनै कारणबश समस्या धेरै संख्यामा बढ्यो भने हामी त्यो हिसाबमा पनि जानुपर्ने अवस्था हुनसक्छ ।

तपाईहरू प्रभावकारी रूपमा काम गर्नसक्ने अवस्थामा हुनुहुन्न अरे ?

पहिले परीक्षणको लागि काम गर्ने ठाउँ निकै कम थिए । पछिल्लो समयमा अन्य सरकारी अस्पतालले पनि कलेक्सन गर्ने भनेकै छ । अहिले हरेक दिन नयाँ अस्पतालहरूलाई पनि स्वीकृति दिइरहेकै छ । तर मुख्य कुरा के भन्दाखेरि जनतामा विश्वास पनि हुनुप¥यो । ९० प्रतिशत मानिसहरू मजदुर नै छन् । जो विहान काम गरेर बेलुका के खाने भन्नेमा नै छन् । ती मान्छेहरूले प्राइभेट अस्पतालमा जान सक्छन् ? सक्दैनन् । टेकु अस्पतालले अहिलेसम्म जुन नामअनुसारको काम गरिरहेको छ, त्यसले गर्दाखेरि टेकु अस्पतालले जनताको विश्वास जितेको छ ।

कोरोनाको संक्रमणको विरामीको उपचार हुँदाखेरि तपाईहरू पैसा लिनुहुन्न ?

कुनै पनि शुल्क लाग्दैन । ३० रूपैया रजिष्ट्रेसन फि मात्र लाग्छ । न टेस्टको पैसा लाग्छ, न त उपचारको लागि लाग्छ । केही पनि लाग्दैन ।

अब हामीले सबैको परीक्षण गर्न सक्छौँ ? युवाहरूले भनेका छन्, सबैको गर्नुपर्छ । अनशनमा बसेका छन्, युवाहरू । के भन्नुहुन्छ ?

यो हाइपोथेटिकल कुरा गरेर एकदमै सम्भव छैन । अहिले हामीले जम्मा जनसंख्याको २ प्रतिशत पनि परीक्षण गरेका छैनौँ । काठमाडौँ उपत्यकाको ३०/४० लाखको परीक्षण गर्नु भनेको यो सम्भव छैन । विश्वमा कही पनि सम्भव नभएको कुरा हामीले गर्न हुँदैन र मुख्य भनेको उच्च जोखिममा रहेका विरामीहरूको परीक्षण गर्नुपर्छ । जो विदेशबाट आइरहेका छन्, जो उच्च जोखिममा छन्, त्यस्ता व्यक्तिहरूलाई मात्र परीक्षण गर्ने हो । सबै पब्लिकलाई गर्ने होइन ।

यही तालले काठमाडौँमा पनि प्रकोप हुन सक्छ कि सक्दैन ?

हामी सबै मिलेर प्रयास ग¥यौँ भने यो दुर्घटनाबाट जोगाउनुपर्छ । जोगाउनका लागि तपाईहामी सबै एक भएर लाग्नुप¥यो । यो अवसर पनि हो । यसमा हामी सबै नागरिक मिलेर यसलाई आफ्नो क्षेत्रबाट योगदान ग¥यौँ भने यसको विरुद्ध हामीले विजय प्राप्त गर्न सक्छौँ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot