Logo

मध्यम अवस्थामा दश दिनमा सक्रिय सङ्क्रमित ३९ हजार पुग्ने



काठमाडौँ, २५ साउन। नेपालमा कोरोनाभाइरसको सङ्क्रमण पूर्वानुमानभन्दा सीमित संख्यामा मात्रै फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणका बीच केही साताअघि अत्यन्तै खराब र मध्यम अवस्थामा सङ्क्रमितको सङ्ख्या पूर्वानुमान गरेको थियो ।

मन्त्रालयले ‘इपी मोडलिङ ’ इपीडेमिक प्रेडिक्शनबाट उक्त अनुमान गरेको हो । सङ्क्रमण युद्ध स्तरमा फैलिए साउन २५ सम्म नेपालमा सक्रिय सङ्क्रमित ९१ हजार पुग्ने अनुमान गरिएको थियो । तर हाल सक्रिय सङक्रमितको सङ्ख्या छ हजार ६३० दर्ता गरिएको छ ।

मध्यम अवस्थामा भदौ २ गतेसम्म सक्रिय सङ्क्रमित ३९ हजार पुग्ने अनुमान गरिएको छ । मन्त्रालयका प्रवक्ता डा। गौतमले दुवै अवस्थाको तुलना गर्दा नेपाल सन्तोषजनक अवस्था रहेको बताउनुभयो । नागरिक सहयोग, प्रतिकार्यात्मक कार्यले सङ्क्रमित हुने अनुमानभन्दा सीमित रहेको उहाँले बताउनुभयो ।
नेपालमा पछिल्लो दश दिनमा करिब तीन हजार पाँच सय सङ्क्रमितको पुष्टि भएको छ । कुल सङ्क्रमित हुनेको सङ्ख्या २२ हजार २१४ पुगेको छ । सक्रिय सङ्क्रमित छ हजार ६३० छन् । सङ्क्रमितको मृत्युदर वृद्धि भएको छ । हाल प्रतिदशलाख सङ्क्रमितका शून्य दशमलव तीन प्रतिशत कायम गरिएको छ ।

 

सङ्क्रमित खोज्न एक हजार ७५ टोली

नेपालमा कोरोनाभाइरसका सङ्क्रमित खोज्न एक हजार ७५ वटा टोली परिचालन गरिएको छ । उक्त टोलीमा चिकित्सकसहित स्वयंसेवीहरू छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच वटा टोली बनाइएको छ ।

उक्त टोलीले सङ्क्रमितको सम्पर्कमा आएकाको ‘ट्रयास’ गर्दैछन् । यसरी ट्रयास गरिएको आशङ्कितलाई क्वारेन्टिनमा राख्ने र परीक्षणका लागि टोलीले सघाउँदैआएको छ । मन्त्रालयका अनुसार प्रत्येक टोलीमा तीन जना छन् । जसअनुसार कोरोना सङ्क्रमितको सम्पर्कमा आउनेको खोजबिन गर्न नै तीन हजार दुई सयभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot