जेनेभा, २५ साउन । विश्व स्वास्थ्य संगठन डब्लुएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले महामारी फैलिरहँदा अन्तर्राष्ट्रिय समूहले एकता र सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । सङ्कटको बेला संगठनबाट बाहिरिने अमेरिकी सरकारको निर्णयमाथि पुनःविचार हुनसक्ने आशा आफूले लिएको उहाँले बताउनुभयो ।
उहाँले यदि अमेरिकाले डब्लुएचओसँग कुनै समस्या देखेको भए यसको समाधान संगठनभित्रबाटै हुने उहाँले बताउनुभयो । जुनसुकै मूल्याङ्कनमाथि खुला धारणा राखिरहेकोले अलग्गिनै पर्ने कुनै आवश्यकता नरहेको उहाँको भनाइ थियो ।
उहाँले मेलमिलापयुक्त विश्वलाई ठूला देशबीचको सहयोग र एकता चाहिएको भन्दै ठूलो मुलुकले विश्वको एकता बढाउन आवश्यक भूमिका निर्वाह गर्नसक्ने आशा आफूले लिएको पनि बताउनुभयो । यो खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।